विश्वकप छनोटको ट्रफी जित्ने प्रत्येक खेलाडीलाई १९ लाख पचास हजार दिइने

२०८२ असोज ३० गते

विश्वकप छनोटको ट्रफी जित्ने प्रत्येक खेलाडीलाई १९ लाख पचास हजार दिइने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गरिरहेको छ । नेपाली टोलीले छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाइसकेको छ । नेपाली टोली अब छनोट प्रतियोगिताको ट्रफीका लागि खेल्दैछ ।

 

Advertisement:

Ad
Ad

यदी नेपालले ट्रफी जितेमा खेलाडीहरुले जनही १९ लाख ५० हजार पउनेछन् । ट्रफी जित्न नेपालले सामोआलाई हराउनु पर्नेछ ।नेपालले सामोआलाई हराउन नसके ओमानको खेलको नतिजा कुर्नु पर्नेछ । छनोटमा दोस्रो भए खेलाडीले जनही १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । राष्ट्रिय खेकलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीहरुलाई ट्रफी जितेर आउने कुरामा आफू ढुक्क भएको बताए । उनले खेलाडीका लागि पुरस्कार रकम पनि पर्खिरहेको बताए ।