२०८२ असार १६ गते
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टीको विधानअनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक झण्डै नौ महिनापछि हुन लागेको हो।
बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ। बैठकमा भातृ संगठनहरूको कार्यकाल थप गर्ने, सरकारको मूल्यांकन गर्ने, क्रियाशील सदस्यता वितरण, र समसामयिक राजनीतिक विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ।
यसका साथै, १०० दिने अभियानमा खटिएका प्रतिनिधिहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने छन् भने प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयको प्रगति विवरण दिने कार्यक्रमसमेत तय गरिएको छ।
प्रतिक्रिया