शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
भरतपुर । इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुगेका उनले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग छन् । “घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्ल...