नाफासँगै बढ्यो निफ्राको प्रतिसेयर आम्दानी, चुक्तापुँजी कति ?

२०८० कात्तिक १६ गते

नाफासँगै बढ्यो निफ्राको प्रतिसेयर आम्दानी, चुक्तापुँजी कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ८६ लाख खुद नाफा कमाएको थियो।

यो अवधिमा बैंकले सञ्चालन मुनाफाबापत ५९ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५४ करोड ९ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ९।२८ प्रतिशतले बढी हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ रहेको छ।

Advertisement:

Ad
Ad

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६।९९ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६५ करोड ५७ लाख रुपैयाँमा सीमित थियो। चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २२.९४ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिमा बैंकले ८२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर ७ रुपैयाँ ६६ पैसा पुगेको छ। पीई रेसयो २४।३६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११२ रुपेयाँ २ पैसा रहेको छ।