२०८३ भदौ २६ गते
काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग टेलिफोनमा संवाद गरेका छन् ।
टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे न्यूजिल्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । उनले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
न्यूजिल्याण्डले नेपाललाई २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायता प्रदान गरेको थियो । उक्त सहायताप्रति प्रधानमन्त्री वालेनले कृतज्ञता व्यक्त गरे ।
प्रतिक्रिया