चन्दन भराटेश्वरका सम्पदा : संरक्षणको पर्खाइमा मल्लकालीन देवस्थल
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले उक्त सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ । पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा...