२०८३ भदौ २६ गते
काठमाडौं । नेपाल ग्यास उद्योग प्रालिले खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य निर्धारण गर्दै तोकिएको मूल्यभन्दा बढी रकम नलिन आफ्ना आधिकारिक विक्रेतालाई निर्देशन दिएको छ।
उद्योगले सार्वजनिक गरेको सूचनाअनुसार हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्यासको मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ। ग्यासको मूल्यसँगै गाडी भाडासमेत जोडेर अधिकतम २ हजार १६५ रुपैयाँमा ग्यास बिक्री–वितरण गर्नुपर्ने उद्योगले जनाएको छ।
उद्योगका अनुसार तोकिएको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको प्रमाण फेला परेमा सम्बन्धित आधिकारिक विक्रेताको समेत स्वारेजरकारबाही गर्न सकिने चेतावनी दिइएको छ।
नेपाल ग्यासले उपभोक्तालाई पनि तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न र बढी मूल्यमा बिक्री गरेको प्रमाण पाइएमा सम्बन्धित निकाय तथा उद्योगलाई जानकारी गराउन आग्रह गरेको छ।
नेपाल ग्यास उद्योग प्रालिले जारी गरेको सूचनाअनुसार, ग्यासको मूल्य २ हजार ६० रुपैयाँ र गाडी भाडासहित अधिकतम २ हजार १६५ रुपैयाँ कायम गरिएको हो।
प्रतिक्रिया