संसद् चल्दासम्म कांग्रेस सांसदहरूले काठमाडौं छाड्न नपाउने

२०८० माघ १९ गते

संसद् चल्दासम्म कांग्रेस सांसदहरूले काठमाडौं छाड्न नपाउने

काठमाडौं । नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौँ उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको नेता रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।

Advertisement:

Ad
Ad

यदि छाड्नै परे प्रमुख सचेतक अथवा सचेतककसँग लिखित अनुमति मागेर मात्रै जान सकिने निर्णय कांग्रेसले गरेको छ ।