शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम भने केहि बढ्यो

२०८० फागुन १० गते

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम भने केहि बढ्यो

काठमाडौँ  साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०२ प्रतिशतले घट्न पुगेको हो ।

बिहिबार नेप्सेमा १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकि ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा उत्पादन र प्रशोधन रह्यो जसको परिसूचक १.१४ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्ने उपसमुहमा  हाइड्रोपावर रह्यो जसको परिसूचक १.९० प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजारमा आज कारोबर रकम केहि बढेर ३.२० अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ४९ कम्पनी बढेका छन् भने १९७ कम्पनी घटेका छन् । यसैगरी २ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटेपनि समाज लघुवित्तको शेयरमा सर्वाधिक दश प्रतिशतको उछाल आएको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा हिमालय उर्जा विकास कम्पनी रह्यो जसको शेयर ७.६०  प्रतिशतले घटेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्सनै रह्यो ।