एकैपटक ४० हजार आप्रबासी समुन्द्रमा पौडिएर स्पेन घुसेपछि चर्कियो आप्रवासन नीति फेर्नपर्ने बहस

२०८३ साउन १८ गते

एकैपटक ४० हजार आप्रबासी समुन्द्रमा पौडिएर स्पेन घुसेपछि चर्कियो आप्रवासन नीति फेर्नपर्ने बहस

स्पेन। उत्तर अफ्रिकास्थित स्पेनको स्वायत्त शहर सेउटामा केही दिनअघि भएको अस्वाभाविक आप्रवासीहरुको प्रवेशपछि जनजीवन सामान्य बन्दै गए पनि त्यसले निम्त्याएको राजनीतिक, सामाजिक र मानवीय संकट भने अझै साम्य भएको छैन। हजारौं आप्रवासीले एकैपटक सीमा पार गरेपछि युरोपभर आप्रवासन नीति, सीमा सुरक्षा र मानवीय उत्तरदायित्वबारे नयाँ बहस सुरु भएको छ।

गत साता करिब ५० हजारदेखि ६० हजार आप्रवासीले पौडी खेलेर, चट्टान चढेर तथा सीमा अवरोध पार गर्दै सेउटामा प्रवेश गरेका थिए। मोरक्कोको गृह मन्त्रालयका अनुसार करिब ४० हजार मानिस सीमातर्फ अघि बढेका थिए। आइतबारसम्म अधिकांश आप्रवासी स्वदेश फर्किसकेका भए पनि केही अझै सेउटा वरपरका पहाडी क्षेत्रमा लुकेर बसेका छन्। स्पेनी तटरक्षक बलले समुद्रमा बेपत्ता भएकाहरूको खोजी अझै जारी राखेको छ।

Advertisement:

Ad
Ad

स्पेनी अधिकारीहरूका अनुसार सीमा पार गर्ने क्रममा कम्तीमा ७२ जनाको मृत्यु भएको छ। केही समुद्रमा डुबेका थिए भने केही भीडको चापका कारण ज्यान गुमाएका थिए। यो घटनाले युरोपको आप्रवासन व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।


यतिखेर सेउटामा सरकारले नै सीमा खुला गर्ने नीति लिएका कारण आप्रबासीहरु घुसेको आरोप लगाइरहेका छन् ।यद्यपि अवैध घुसपैठ गरेका मोरक्कियन आप्रबासीहरुलाई फिर्ता गरिएपनि सीमामा सुरक्षा निकायको प्रभावकारी नियन्त्रण नभएको र हजारौं मानिस पार गरिरहँदा पनि खासै रोकथाम नगरिएको सरकारमाथि त्यहाँका नागरिकहरुले आरोप लगाएका छन् । 


युरोपेली संसद्का सदस्य अल्भिसे पेरेजले सबै आप्रवासीलाई तत्काल निष्कासन गर्नुपर्ने माग गरेपछि स्थानीय मुस्लिम समुदायसहित विभिन्न समूहले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शन चर्किएपछि पेरेज केही समय एउटा बारमा आश्रय लिन बाध्य भएका थिए भने पछि प्रहरीले सुरक्षा दिँदै उनलाई त्यहाँबाट बाहिर निकालेको थियो।

यस्तै, स्पेनको अतिदक्षिणपन्थी भोक्स पार्टीका नेता सान्टियागो अबास्काल ले आप्रवासीको प्रवेशलाई ूआक्रमणूको संज्ञा दिँदै स्पेनी सरकार सीमा सुरक्षा गर्न असफल भएको आरोप लगाए।

युरोपका लागि नयाँ चुनौती

सेउटाको पछिल्लो संकटले स्पेन–मोरक्को सीमाको सुरक्षा व्यवस्थापनमात्र होइन, युरोपेली संघको आप्रवासन नीति, सीमा नियन्त्रण, मानव तस्करी नियन्त्रण र शरणार्थी व्यवस्थापनको प्रभावकारितामाथि पनि गम्भीर प्रश्न उठाएको छ। अधिकांश आप्रवासी फर्किसके पनि यस घटनाले युरोपमा आप्रवासनसम्बन्धी राजनीतिक ध्रुवीकरणलाई थप तीव्र बनाएको विश्लेषण गरिएको छ।