फेरी पक्राउ परे दुर्गा प्रसाईं

२०८३ साउन १८ गते

फेरी पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो ।

 

Advertisement:

Ad
Ad

उनले आइतबार मात्रै अपरान्ह पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका गर्दै आफू मर्न र मार्न तयार रहेको र सबैलाई साथ दिन आह्वान गरेका थिए । 

 

यसअघि पनि उनी भड्काउ अभिव्यक्ति दिएको भन्दै पटक पटक पक्राउ परिसकेका छन् ।