देवेनरा ग्रुपका सञ्चालकको विराटनगरस्थित आवासमा प्रहरीको छापा

२०८३ साउन १८ गते

देवेनरा ग्रुपका सञ्चालकको विराटनगरस्थित आवासमा प्रहरीको छापा

विराटनगर । विराटनगरस्थित प्रतिष्ठित औद्योगिक घराना देवेनरा ग्रुपसँग सम्बन्धित आवासमा नेपाल प्रहरीले सोमबार बिहानदेखि खानतलासी अभियान सञ्चालन गरेको छ।

प्रहरी स्रोतका अनुसार विराटनगर महानगरपालिका–७ मा रहेको समूहका सञ्चालकहरूको आवासमा बिहान करिब ५ बजेदेखि छापा सुरु गरिएको हो। समाचार तयार पार्दासम्म खानतलासी तथा अनुसन्धानको प्रक्रिया जारी रहेको बताइएको छ।

Advertisement:

Ad
Ad

देवेनरा ग्रुप उद्योगी दाजुभाइ देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक समूह हो। समूहले खाद्य तेल, साबुन, अगरबत्ती लगायतका विभिन्न उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ। साथै, नेपालकै ठूलो चाँदी उद्योगमध्ये एक सञ्चालन गर्ने समूहका रूपमा पनि देवेनरा परिचित छ।

समूहसँग आबद्ध प्रकाश मुन्दडा हाल नेपाल उद्योग परिसंघ ९सीएनआई० कोशी प्रदेशका वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन्।

प्रहरीले छापामारीको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। अनुसन्धान जारी रहेकाले यस विषयमा थप विवरण आउन बाँकी रहेको जनाइएको छ।