२०८३ साउन १८ गते
सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्। दुई संस्थाबीच साउन १८ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सञ्जीवनी लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ ।
सञ्जीवनी लघुवित्त साविकको सुपर लघुवित्त हो । नेपाल राष्ट्र बैंकले २०७९ भदौ २२ गते साविकको सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेर माघमा व्यवस्थापन नियन्त्रणमा लिएको थियो। २०८० भदौ मा राष्ट्र बैंकले सो लघुवित्तको व्यवस्थापन सम्हाल्नको लागि व्यवस्थापन समूहको संयोजक र सदस्य नियुक्त गरेको थियो । जसमा निर्मल कुमार कार्की संयोजक र सदस्यमा शेष नारायण पोखरेल चयन भएका थिए।
कार्की नेतृत्वको सो टिमले सफलतापूर्वक लघुवित्तलाई समस्याग्रस्तबाट बाहिर निकालेको हो । राष्ट्र बैंकको २०८२ चैत्र ५ गते बसेको संचालक समितिको बैठकले संस्थालाई समस्याग्रस्तबाट हटाई नियमित वित्तिय कारोबार गर्न अनुमति दिएको थियो।
हाल सञ्जीवनी लघुवित्तमा प्रभु बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, फर्स्ट माइक्रोफाइनान्स र आरएसडिसी लघुवित्तले लगानी गरेका छन्।
प्रतिक्रिया