यस्तो स्टाटस लेख्दै बालेन नगरसभा बैठकमा अनुपस्थित

२०८१ असार १४ गते

यस्तो स्टाटस लेख्दै बालेन नगरसभा बैठकमा अनुपस्थित

काठमाडाैं। काठमाडाैं महानगरपालिकाकाे नगरसभा बैठकमा मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित भएका छन् । मेयर नै अनुपस्थित भएपछि शुक्रबार बिहान ८ बजे बस्ने भनिएकाे बैठक बस्दै नबसी स्थगित भएको छ।

Advertisement:

Ad
Ad

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्न आजको बैठक बस्दै थियाे। तर बैठकमा तीन घण्टा भइसक्दा पनि मेयर बालेन नै आएनन् । तर बालेनले आज नै सामाजिक संजालमा एक स्टाटस लेख्दै नगरसभा स्थगित गरेको जानकारी दिएका थिए ।

शुक्रबार दिउँसाे मेयर बालेनले स्टाटस लेख्दै एमाले काङ्ग्रेसमाथि नै आज बस्ने नगरसभा बैठक रोकेकाे आरोप लगाएका छन् । हरेक वर्ष बिपी कोइराला र मदन भण्डारीको नाममा कार्यक्रम गर्न महानगरले बजेट छुट्याए पनि याे वर्ष भने मेयर बालेनले उक्त प्रस्ताव अस्विकार गरेपछि नगरसभा स्थगित भएकाे हाे ।

तर बालेनले भने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा बजेट छुट्याइनुपर्ने र कार्यक्रम गर्ने प्रस्ताव राखेका थिए जसमा अन्य प्रतिनिधी सहमत नभएपछि बैठक सभा राेकिएकाे उल्लेख गरेका छन् ।