२०८१ असोज २७ गते
काठमाडौँ । यसपालीको तिहार र छठमा चिनीको अभाव नहुने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरिसकेको र अभाव नहुने बताएको हो ।
यसै क्रममा कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगन्जस्थित आफ्नो गोदामघरमा ल्याइसकेको जनाएको छ । कर्पोरेसनले क्रमैसँग थप चिनीको परिणाम भित्रिन सुरु भइसकेकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने स्पष्ट पारेको छ ।
प्रतिक्रिया