व्यतित बीमालेख नविकरणमा हिमालयन लाइफ इन्स्योरेन्सले शतप्रतिशतसम्म ब्याज तथा जरिवानामा छुट दिने

२०८१ असार ०६ गते

व्यतित बीमालेख नविकरणमा हिमालयन लाइफ इन्स्योरेन्सले शतप्रतिशतसम्म ब्याज तथा जरिवानामा छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब ब्याज तथा जरिवानामा शतप्रतिशतसम्म छुट दिने भएको छ । साविक प्राइम लाइफ इन्स्योरेन्स , यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक भई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार सुरु भएको हो ।

यसर्थ साविक ती कम्पनीहरूबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरू यहि असार मसान्तभित्र नविकरण गराएमा ब्याज तथा जरिवानामा छुट प्रदान गर्ने जानकारी कम्पनीले दिएको हो । बीमालेखको व्यतित अवधि ३ वर्ष रहेमा ब्याज तथा जरिवानामा शतप्रतिशत , ३ वर्षभन्दा माथी ५ वर्षसम्ममा ५० प्रतिशत , ५ वर्षमाथीदेखि ७ वर्षसम्ममा ३५ प्रतिशत र ७ वर्षमाथी जतिसुकै अवधिको व्यतित बीमालेख नविकरणमा २५ प्रतिशत ब्याज तथा जरिवाना छुट दिने निर्णय कम्पनीले गरेको हो ।

Advertisement:

Ad
Ad

कम्पनीले प्रदान गर्ने यो सूविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने भएको हो । ब्याज तथा जरिवाना छुट सूविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू बीमालेख नविकरण भएको मितिले दुई वर्षभित्र समर्पण गर्न चाहेमा छुट वापत्को ब्याज तथा जरिवाना रकम कट्टा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।