२०८१ चैत २१ गते
काठमाडौ । फोर्ब्सले विश्वका अर्बपतिको सुचि सार्वजनिक गरेको छ । फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सुचिमा अधिकांश अमेरीकी (संयूक्त राज्य ) नागरिक रहेका छन् । सबैभन्दा बढी अर्बपति रहेको अमेरीका कै नागरिक अर्बपतिको पहिलो नम्बरमा छन् । अमेरीकाबाट मात्र ९०२ जना अर्बपति यो सुचिमा समाबेश छन् । यस्तै ५१२ जना चिनबाट (हङकङ) छन भने भारतका २०५ जना अर्बपति सुचिमा छन् ।
फोब्र्सले यो वर्ष ३ हजार २८ जना अर्बपतिलाई सूचीमा समेटेको छ । फोब्र्सको सूचीमा पर्न कम्तीमा १ अर्ब डलर बराबरको सम्पत्ति हुनुपर्छ । यो वर्ष २ सय ४७ जना नयाँ अर्बपति सूचीमा थपिएका छन् । यो बर्ष अर्वपतिको संख्या मात्र बढेको छैन अर्बपतिको कुल सम्पत्ति पनि बढेको छ । अर्बपतिको सुचिमा रहेकाहरुको कुल सम्पत्ति १६.१ ट्रिलियन बराबरको रहेको छ । यो अघिल्लो बर्षको तुलनामा २ ट्रिलियन डलर बढी हो । अर्बपतिको सुचि तयार गर्दा २०२५ मार्च ७ को सेयर मूल्य र विनिमय दर प्रयोग गरेको फोर्ब्सले जनाएको छ । फोब्र्सले १९८७ देखि विश्वबाट अर्बपतिहरुको सुचि तयार पार्न लागेको हो । त्यतिबेला १४० जनाको सुचि तयार गरिएको थियो ।
विश्वका पाँच अर्बपति कसले के बाट कति कमाए ?
टेस्ला र व्टिटरका मालिक एलन मस्क सबैभन्दा धनी

एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति दरिएका छन् । फोब्सको अर्बपतिको एक नम्बर सुचिमा रहेका एलन मस्कको कुल सम्पत्ति ३४२ बिलियन डलर रहेको छ । उनको टेस्ला र स्पेसएक्स कम्पनी रहेको छ । सन २०२० मा २४.६ बिलियन डलर रहेका अर्बपति एलन मस्कको सम्पत्ति पाँच बर्षमै बढेर ३४२ बिलियन डलर पुगेको हो । एलन मस्कको सात कम्पनी रहेको छ जसमा विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला, रकेट उत्पादक स्पेएक्स, कृत्रिम बुद्धिमता स्टार्टअप एक्सएआइ रहेको छ । उनको टेस्लामा १२ प्रतिशत स्वामित्व रहेको छ ।एपेएक्स २००२ मा स्थापना भएको हो । मस्कको यसमा ४२ प्रतिशत स्वामित्व छ । यस्तै उनले २०२२ मा व्टिटरलाई ४४ बिलियन डलरमा किनेका थिए । उनले एक्स नाम दिएको सिमाजिक सञ्जाल कम्पनी एक्स २०२४ को अगस्त सम्म ७० प्रतिशत ह्रास आएको अनुमान फोब्र्सले गरेको छ ।यस्तै उनको एक्सएआइ कम्पनीमा ५४ प्रतिशत समित्व रहेको बुझिएको छ ।
फेसबुककै कारण मार्क जुकरबर्ग दोस्रो धनी
धनाढ्यको दोस्रो नम्बरको सुचिमा परेका सामाजिक सञ्जाल फेसबुकका पिता मार्क जुकरवर्गको कुल सम्पत्ति २१६ विलियन डलर रहेको छ । सन २०२० मा उनको सम्पत्ति ५४.७ बिलियन डलर थियो ।सन २००४ बाट फेसबुक शुरु गर्दा उनी १९ वर्षका थिए । अहिले फेसबुकमा उनको १३ प्रतिशत स्वामित्व रहेको छ । फेसबुकले सन २०२१ मा आफ्नो नाम मेटा राख्यो । २०१५ मा जुकरबर्ग र उनकी श्रीमती प्रिन्सिला चानले मेटा सेयरको ९९ प्रतिशत दान गर्ने प्रतिबद्धता गरे ।
अमेजनका मालिक जेफ बेजोस तेस्रो धनी
६१ बर्षिय जेफ बेजोस २१५ बिलियन डलर सम्पत्ति सहित तेस्रो स्थानमा छन् । अमेजनका मालिक बेजोसको २०२० मा ११३ बिलियन डलर सम्पत्ति थियो । १९९४ मा अमेजन स्थापना गरेको बेजोसले २०२१ म सिइओबाट हटेर अध्यक्ष बने । उनीसँग अहिले अमेजनको १० प्रतिशत भन्दा कम सेयर स्वामित्व रहेको भनिएको छ । उनले श्रीमती म्याकेन्जीसँथ सन २०१९ मा २५ बर्षे बैबाहिक जिवन टुङ्याउँदै डिभोर्स गरेपछि १६ प्रतिशत सेयर श्रीमतीको नाममा सारिदिएपछि उनको सम्पत्तिमा गिरावट आयो । सन २०२० मा बेजेसले जलवायू परिवर्तनसँग सम्बपिन्धत काममा सन २०३० सम्म १० बिलयिन डलर दान गर्ने प्रतिबद्धता जनाएका थिए । उनले अहिलेसम्म २ बिलियन डलर दान गरिसकेका छन् । उनीसँग द वासिङटनपोष्ट र ब्लु ओरिजिन कम्पनीको स्वामित्व छ । बेजोसले २०२२ को नोभेम्बरमा सिएनएनसँगको एक अन्र्तवार्तामा भनेका थिए कि म आफ्नो जीवनकालमा आफ्नो सम्पत्तिको बहुसंख्यक हिस्सा दान गर्ने योजनामा छु ।
सफ्टवेयरका लारी एलिसन चौथो धनी
अर्बपतिको चौथो नम्बरमा रहेको लारी एलिसन पनि अमेरीकी नागरिक नै हुन् । ओराकल कम्पनीका मालिक एलिसनको सन २०२० मा कुल ५९ बिलियन डलर सम्पत्ति थियो । सफ्वेयर कम्पनी ओराकलेको ४० प्रतिशत सेयर उनीसँग छ । सन २०१४ मा उनले ओराकलको सिइओ छोडेर अध्यक्ष बनेका थिए । सफ्वेयर कम्पनीबाटै उनले आफ्नो सम्पत्तिको बृद्धि गरिरहेका छन् । उनी करिब ४ बर्ष टेस्लाको बोर्डमा पनि थिए ।
फेसन क्षेत्रका अरनल्ट पाँचौ धनी
फेसन तथा सौन्दर्य क्षेत्रबाट धनाढ्य बनेका बर्नार्ट अरनल्ट एण्ड फेमिलि ७६ वर्षका भए । उनी फ्रान्सका नागरिक हुन् । अर्बपतिको पाँचौ नम्बरमा परेका अरनल्टले फेसन तथा शौन्दर्य ब्राण्डको एलभिएमएचको सम्राज्य खडा गरेका छन् । एलभिएमएचले २०२१ म अमेरीकी गहना निर्माता कम्पनी टिपनी र कोलाईलाई १५.८ बिलियन डलरमा किनेको थियो । अरनल्टको होल्डिङ कम्पनी अगाचेले भेन्चर क्यापिटल फर्म अग्लेइ भेन्चर्सलाई समर्थन गर्दछ जसको नेटफ्लिक्स र टिकटकको मुल कम्पनी बाइटडान्स जस्ता व्यवसायमा लगानी छ ।
प्रतिक्रिया