विमानस्थलमै हात हालाहाल गर्ने तारा एयरका दुई पाइलट कारबाहीमा, जहाज उडानमा रोक

२०८० कात्तिक १७ गते

विमानस्थलमै हात हालाहाल गर्ने तारा एयरका दुई पाइलट कारबाहीमा, जहाज उडानमा रोक

काठमाडौं। व्यक्तिगत कुरालाई लिएर विमानस्थलमा झगडा गर्ने तारा एयरका दुई पाइलटलाई अनिश्चितकालका लागि ग्राउण्डेड गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अन्सार रामेछाप विमानस्थलमा हात हालाहाल गरेर झगडा गर्ने तारा एयरका लुई पाइलटलाई अनिश्चितकालका लागि ग्राउण्डेड गरेको जनाएको छ ।

शुक्रबार बिहान ८.०० बजे लुक्लाबाट रामेछापमा उडान गरेका र रामेछापबाट लुक्ला उडान गर्ने तयारीमा रहेका पाइलटले विमानस्थलमै झगडा गरेका थिए।दुई पाइलटबीच हात मिलाउने क्रममा भनाभन परेको र धकेलाधकेल भएको थियो। लुक्लाबाट रामेछाप उडान गरेका पाइलट धकेलाधकेलका क्रममा लडेको बताइएको छ ।

Advertisement:

Ad
Ad

पाइलटले युनिफर्ममै झगडा गर्नु उड्डयन सुरक्षा मापदण्ड विपरीत हो। प्राधिकरणले यस विषयमा दुवै पाइलटसँग बयान लिने तयारी गरेको छ । ‘बयान लिएर अर्को निर्णय नगरेसम्म उनीहरुले जहाज उडाउन नपाउने प्राधिकरणको भनाई छ ।

प्राधिकरणले दुवै पाइलटलाई ग्राउण्डेड गरेपछि कम्पनीले सेवालाई निरन्तरता दिन दुई सेट क्रु रामेछाप पठाएको छ।