वायुसेवा निगमको न्यारोबडी जहाज मर्मत हुननसक्दा निगमलाई साढे एक अर्ब नोक्शान

२०८१ साउन ०२ गते

वायुसेवा निगमको न्यारोबडी जहाज मर्मत हुननसक्दा निगमलाई साढे एक अर्ब नोक्शान

काठमाडौं । ५ महिनासम्म न्यारोबडी ग्राउन्डेड हुँदा नेपाल वायुसेवा निगमलाई साढे एक अर्ब क्षति भएको निष्कर्ष निकालिएको छ । नेपाल वायुसेवा निगमको एउटा न्यारोबडी ए ३२० कल साइन नाइन एन एकेएक्स जहाज पाँच महिनासम्म लगातार ग्राउन्डेड भएको थियो।

जहाजको इन्जिनमा समस्या हुँदा नोभेम्बर २०२३ को नोभेम्बर ३० देखि २०२४ को अप्रिल २८ सम्म जहाज ग्राउन्डेड भएको थियो। निगमले ए३२० जहाजको इन्जिन मर्मत तथा इन्जिन मर्मतका समयमा जहाज उडानका लागि इन्जिन भाडामा लिने गरी इजरायल एरोस्पेस इन्डस्ट्रिजलाई छनोट गरेको थियो।

Advertisement:

Ad
Ad

तर कम्पनीले ए ३२० जहाजको इन्जिन मर्मतमा लापरबाही गरिरहेको छ। सेटिङमा छनोट भएको कम्पनीले इन्जिन मर्मतमा लापरबाही र ढिलासुस्ती गरिरहेका कारण ‍जहाज पाँच महिनासम्म ग्राउन्डेड भएको थियो। उक्त जहाज ग्राउन्डेड हुँदा निगमलाई १३२ दिनको आम्दानी क्षति भएको निगम आफैले गठन गरेको अध्ययन समितिले रिपोर्ट बुझाएको छ।

प्रतिदिन १ करोड १५ लाख रुपैयाँका दरमा १ अर्ब ५१ करोड रुपैयाँ निगमको आम्दानी गुमेको र इन्जिन मर्मतमा लापरबाही गर्ने कम्पनीसँग क्षतिपूर्ति लिनुपर्ने सुझाव समितिले दिएको थियो।