वैशाख मसान्तसम्मको दावी भुक्तानीका लागि आवश्यक कागजात १५ दिनभित्र पेश गर्न नेको इन्स्योरेन्सको आग्रह

२०८१ जेठ २८ गते

वैशाख मसान्तसम्मको दावी भुक्तानीका लागि आवश्यक कागजात १५ दिनभित्र पेश गर्न नेको इन्स्योरेन्सको आग्रह

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको वैशाख मसान्तभित्र पेश भएको दाबी फछ्यौटका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आवश्यक कागजात सहित आगामी १५ दिनभित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।

कम्पनीले सर्भेयरको सम्पर्कमा आई दाबी भुुक्तानी प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । तोकिएको अवधिभित्र आवश्यक कागजात सहित सम्पर्कमा नआए बीमितको बीमा दाबी फाइल बन्द गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad