त्रिशूली नदीमा बेपत्तामध्ये २३को शव भेटियो, दुई यात्रुको शव भारतमा फेला

२०८१ साउन ०४ गते

त्रिशूली नदीमा बेपत्तामध्ये २३को शव भेटियो, दुई यात्रुको शव भारतमा फेला

काठमाडौँ।  सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसमा रहेका ६५ यात्रुमध्ये थप २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । यसरी शुक्रबारसम्ममा २३ जनाको शव फेला परेको छ ।

Advertisement:

Ad
Ad

बिहिबार राति साढे ९ बजे भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले २ शव फेला पारेको हाे ।भारतको चम्पारण नगाहाकाे नारायणी नदीमा २ वटा शव भेटिएको हो । भेटिएका शवमध्ये एउटा शव ल्याइसकिएकाे छ भने अझै एउटा ल्याउन बाँकी रहेको छ । यद्धपि शवकाे सनाखत भइसकेकाे छैन ।

गत असार २८ गते, बिहान साढे ३ बजे चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाएकाे थियाे ।

पहिरोमा परेर वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर गइरहेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा बगेको थियो ।