त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

२०८१ साउन ०९ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जहाज दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

Advertisement:

Ad
Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ ।  पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ ।

उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन ।