त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द रहने

२०८१ जेठ २८ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द रहने

काठमाडौँ । साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा ठप्प हुने भएकाे छ । आज दिउँसो १ देखि साढे १ बजेसम्म विमानस्थलमा उडान तथा अवतरण बन्द गरिने भएको छ ।

Advertisement:

Ad
Ad

एक सूचना सार्वजनिक गर्दै विमानस्थलले हवाई उडान, सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित अभ्यास गर्न विमानस्थल बन्द गर्न लागिएको जानकारि दिएकाे छ ।

उक्त सूचनामा विमानस्थल वरिपरिको आकाशमा धुवाँ साथै दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिने उल्लेख गरिएकाे छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने  मापदण्ड र एयरपोर्ट इमजेन्सी प्लान अनुसार उक्त अभ्यास गर्न लागिएको हो ।