ट्रेड टावरले आइपिओ बिक्रि गर्न पायो अनुमति

२०८१ चैत २५ गते

ट्रेड टावरले आइपिओ बिक्रि गर्न पायो अनुमति

काठमाडौ । ट्रेड टावर लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आवेदन दिएको झण्डै ३ वर्षपछि आइपिओ निष्काशनका लागि अनुमति पाएको हो ।

कम्पनीले २०७९ असार १४ गते बोर्डमा आइपीओ बिक्रीका लागि अनुमतिमा गर्द आवेदन दिएको थियो । यो सँगै अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ बिक्री गर्नेछ । काठमाडौंको थापाथलीमा रहेको ट्रेड टावर लिमिटेडसन् २००७ मा स्थापना भएको हो । यो कमपनी लिजिङ, वित्तीय लगानी र पूर्वाधार विकास सम्बन्धी गतिविधिहरुमा संलग्न छ ।

Advertisement:

Ad
Ad