ट्राभल व्यवसायीहरुको छाता संस्था नाट्टाको अध्यक्षमा कुमारमणि थपलिया चयन

२०८१ जेठ २७ गते

ट्राभल व्यवसायीहरुको छाता संस्था नाट्टाको अध्यक्षमा कुमारमणि थपलिया चयन

काठमाडौं । ट्राभल व्यवसायीहरुको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को नयाँ कार्यसमितिको नेतृत्वमा कुमारमणि थपलियाको प्यानलै विजयी भएका छन् ।

नाट्टाका महासचिव थपलिया शुक्रबार भएको नाट्टाको ५७ औं वार्षिक साधारण सभाबाट आगामी २ वर्षका लागि अध्यक्ष चयन भएका छन् ।

Advertisement:

Ad
Ad

नाट्टा निर्वाचन २०२४ बाट अध्यक्षमा चयन भएका थपलिया नेतृत्वको कार्यमितिको बरिष्ठ उपाध्यक्ष जिस्वा तुलाधर, उपाध्यक्ष घनश्याम घिमिरे, महासचिब युबिका भन्डारी, सचिब विष्णु पान्डे, कोषाध्यक्ष सुरेश अम्गाईं, सहकोषाध्यक्ष ढकनाथ काफ्ले चयन भएका छन् ।

सदस्यहरु सुदर्शन पौडेल, श्रदा जोशी, विदुर खतिवडा, कृष्णप्रसाद ढकाल, रामशोभित नायक , बिजय रिजाल, रमा प्याकुरेल, कृष्ण ढकाल रुपन्देही रहेका छन् ।