अमेरिकाको टेक्सासमा विनाशकारी बाढी, ५० जनाको मृत्यु

२०८२ असार २२ गते

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी, ५० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा १५ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ । बेपत्ता दर्जनौं मानिसहरूको खोजी कार्यजारी छ ।  

 

Advertisement:

Ad
Ad

त्यस्तै क्रिश्चिअन युथ क्याम्प’ २७ जना बालबालिका अझै हराइरहेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म करिब ८५० जनाको उद्धार गरिएको छ । ट्राभिस काउन्टी र टम ग्रिन काउन्टीसहित राज्यका अन्य स्थानमा पनि मानिसहरूको मृत्यु भएको पुष्टि भएको छ । केर काउन्टी, जहाँ अचानक आएको बाढीले पनि तहसनहस पारेको थियो । 
त्यहाँको ग्वाडालुप नदीमा शुक्रबार बिहान सबेरै तीन घण्टा भित्र पानीको सतह २.३ मिटरबाट बढेर ९ मिटर पुगेको छ ।

 

जुन अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रेकर्डमा दोस्रो उच्चतम स्तरमा पुगेको छ। नदी र जलाशयहरूमा पानीको बहाव बढ्दै जाँदा यस क्षेत्रभरि बाढीको चेतावनी जारी छ।