टेलनेट इन्टर्नेट कम्पनी खारेज

२०८१ फागुन ०९ गते

टेलनेट इन्टर्नेट कम्पनी खारेज

काठमाडौ ।  नेपाल दुरसञ्चार प्राधिकरणले टेलनेट इन्टरनेट प्रालिको अनुमति पत्र खारेज गरेको छ । पोखरा महानगरपालिका ८, सिमलचौर, कास्कीमा रहेको यो इन्टरनेट कम्पनी २०७१ फागुन १ मा अनुमतिपत्र पाएको थियो ।

इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र (फि.ज.१.७७०) नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम खारेज गरिएको प्राधिकरणले जनाएको छ । यहि फागुन १ गतेबाट यसको अनुमति रद्द भएको छ । रसो कमपनीलाई नियमानुसार तिर्नरबुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना जारी भएको मितिले ३० दिन भित्र प्राधिकरणमा सम्पकै गर्न भनिएको छ ।

Advertisement:

Ad
Ad