सुनको मूल्य २० हजार ५०० रुपैयाँले घट्यो

२०८२ माघ १६ गते

सुनको मूल्य २० हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० सय रुपैयाँ निर्धारण गरिएको छ ।

 

Advertisement:

Ad
Ad

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो जुन इतिहासकै उच्च मूल्य हो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेको हो । आज चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार चाँदी ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।