सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १६ हजार

२०८० कात्तिक १० गते

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १६ हजार

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

दसैंपछिको कारोबारमा नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

Advertisement:

Ad
Ad

दसैंअघि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर छ । दसैंअघि चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रूपैयाँ रहेकोमा हाल पनि सोही मुल्य रहेको छ ।