सुनको मूल्यले आज पनि बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार?

२०८१ असोज ०९ गते

सुनको मूल्यले आज पनि बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला ७०० रुपैयाँले बढेर एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमाा लगातार मूल्यवृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

Advertisement:

Ad
Ad

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपियाँले वृद्धि भएको छ । मङ्गलबार एक हजार नौ सय १५ रुपियाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ५५ पुगेको छ ।