२०८१ असार १२ गते
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया