२०८१ कात्तिक ०४ गते
काठमाडौँ। आज स्थानीय बजारमा सुनको मूल्यले फेरी नयाँ किर्तिमान बनाएको छ ।
आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आजको मूल्य ६ सय रुपैयाँ बढी हो । उक्त दिन छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीकाे मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबारकाे तुलनामा यस दिन चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
मध्यपूर्व तथा अन्य क्षेत्रको भूराजनीति र अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा वृद्धि आएको अर्थविद्हरुले जनाएका छन् ।
प्रतिक्रिया