स्ट्याण्डर्ड चाटर्ड बैंकका पहिलो नेपाली सिइओ बने गोरख राणा

२०८१ मंसिर २५ गते

स्ट्याण्डर्ड चाटर्ड बैंकका पहिलो नेपाली सिइओ बने गोरख राणा

काठमाडौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले पहिलो नेपाली सिइओको रुपमा गोरख राणालाई नियुक्त गरेको छ । उनको नियुक्ति जनवरी एकबाट लागु हुने बैंकले विज्ञप्ति मार्फत जानकारी गराएको छ । बैंक नेपाल आएदेखि नै विदेशी नागरिकलाई सिइओ बनाइदै आएको थियो । यस पटक भने राणा सिइओ बनेका छन् ।

उनले यसअघि रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज, तथा ग्लोबल र कमर्सियल बैंकिङ विभाग प्रमुख जस्ता जिम्मेवारी सम्हालिसकेका छन् । वर्तमान सीईओ अनिर्वाण घोष दस्तीदारको कार्यकाल सकिएपछि राणाको औपचारिक पदभार ग्रहण हुनेछ । राणा सन् २०२२ जनवरी १ मा बैंकको डेपुटी सीईओ नियुक्त भएका थिए।

Advertisement:

Ad
Ad

उनले १९९४ मा बैंककै रिटेल र प्राइभेट बैंकिङ विभागबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । उनले नक्स कलेजबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनले उरबाना इलिनोइसबाट एमबिए गरेका छन् ।