२०८२ माघ १६ गते
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन् ।
एमालेको प्रतिस्पर्धा रास्वपासँग नभएको उनको भनाइ छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस देशको पुरानो पार्टी भएको र अहिले पनि कांग्रेस नै प्रतिस्पर्धी शक्ति रहेको बताएका हुन् ।
‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ’ उनले भने, ‘तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’
पोखरेलले रास्वपाले समानुपातिकतर्फ मत बढाउने विश्लेषण पनि सुनाए ।
प्रतिक्रिया