शेयर बजारमा हरियाली, नेप्से परिसुचक पुग्यो २१ सय बिन्दु माथि

२०८१ जेठ २९ गते

शेयर बजारमा हरियाली, नेप्से परिसुचक पुग्यो २१ सय बिन्दु माथि

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से ३३.१५ अंकले बढेर २११५.२४अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.५९ प्रतिशतले बढेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक बढेका छन् । मंगलबार सर्वाधिक बढ्ने उपसमूहमा हाइड्रोपावर रह्यो जसको परिसूचक २.५८ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सबैभन्दा कम बढ्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.४० प्रतिशतले बढेको छ ।

Advertisement:

Ad
Ad
नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१४ वटा स्टकको ७१ हजार ९ सय ४८ पटकको कारोबारमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको एक करोड २६ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २०३ वटा कम्पनी बढेका छन् भने ४१ वटा कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा बरुण हाइड्रोपावर, भगवती हाइड्रोपावर, गरिन भेन्चर लिमिटेड कुथेली बुखारी स्मल हाइड्रोपावर र अप्पर हेवा खोला हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा साम्लिंग पावर रह्यो जसको ५.८१ अंकको गिरावट आएको छ ।

मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचार एण्ड डेवलपमेन्ट रह्यो जसको ३६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको छ लाख २७ हजार छ सय ७६ कित्ता शेयर किनबेच भएको छ ।