सेन्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

२०८१ जेठ २८ गते

सेन्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

काठमाडौँ। तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्। बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

Advertisement:

Ad
Ad

यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।

८० करोड रुपैयाँ मात्रै पर्ने धितो राख्दा देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई तत्कालीन सेञ्चुरी बैंकले २ अर्ब २५ करोड रुपैयाँ ऋण दिएको खुलेको थियो।

कमसल धितोमा अधिक कर्जा लगानी गरेको भेटिएपछि सीआईबीले अनुसन्धान गरिरहेको छ।