सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल,नेप्सेमा दोस्रो सर्किट

२०८१ असार १८ गते

सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल,नेप्सेमा दोस्रो सर्किट

काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो ।

पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अव ४० मिनेटको लागि कारोबार बन्द भएको हो । ४० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्ने छ ।

Advertisement:

Ad
Ad

आज बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका हुन ।