२०८१ भदौ १९ गते
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले अधिकतम ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७९/८० को बीमाङ्कीय मूल्यांकन अनुसार अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको हो । सावधिक बीमालेख अन्तर्गत २५ देखि माथीको बीमा अवधिमा कम्पनीले ७५ रुपैयाँसम्म बोनस दर दिने निर्णय गरेको हो ।
सावधिक बीमालेख अन्तर्गत ९ वर्ष अवधिको बीमालेखमा ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको बीमालेखमा ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिकोमा ३५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँसम्म बोनस दर कम्पनीले कायम गरेको हो । कम्पनीले विभिन्न १५ प्रकारका बीमालेख जारी गरेको छ । कम्पनीले जारी गरेको सावधिक जीवन बीमा योजनामा अधिकतम ७० रुपैयाँसम्म, सावधिक जीवन बीमा योजना (एकल) मा अधिकतम ६५ रुपैयाँसम्म, त्रिपल सावधिक बीमामा अधिकतम ३० रुपैयाँसम्म, दम्पति सावधिक बीमा योजनामा अधिकतम रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा अधिकतम ७० रुपैयाँसम्म, अग्रिम भुक्तानी योजनामा अधिकतम ४२ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी योनामा अधिकतम २१ रुपैयाँसम्म, मुद्दती सुरक्षण बीमा योजना –नियमित शुल्कका सम्पूर्ण बीमा अवधिमा २४ रुपैयाँ, मुद्दती सुरक्षण बीमा योजना–एकल शुल्क सम्पूर्ण बीमा अवधिमा ५४ मुद्दती, १५ वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण बीमा अवधिमा ४१ मुद्दती, २० वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण बीमा अवधिमा ४५ रुपैयाँ, रुपान्तरीत वार्षिक भुक्तानी योजनाको सम्पूर्ण बीमा अवधिमा ३० रुपैयाँ, सामुहिक सावधिक सम्पूर्ण बीमा अवधिमा १९ रुपैयाँ बोनस दर तय गरिएको छ ।
त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा अधिकतम ६० रुपैयाँसम्म र सिमित भुक्तानी सावधिक बीमामा अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने निर्णयमा कम्पनी पुगेको हो । यो बोनस दर प्रतिहजारका दरमा वितरण गर्ने गरी तय गरिएको कम्पनीको भनाई छ । उल्लेखित बोनस दर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा समेत लागु हुने जानकारी कम्पनीले गराएको छ । साथै अर्को बीमाङ्कीय मूल्यांकन अनुसार नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था नभएसम्मका लागि समेत सोही बोनस दर लागू हुने भनाई समेत कम्पनीको छ ।
प्रतिक्रिया