सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगे, भिसा सम्बन्धित प्रपोगाण्डामा विश्वास नगर्न गरे आग्रह

२०८१ जेठ २८ गते

सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगे, भिसा सम्बन्धित प्रपोगाण्डामा विश्वास नगर्न गरे आग्रह

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने आईसीसी टी २० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिज पुगेसँगै लामिछानेले आफूलाई विश्वकपसम्म पु-याउन सहयोग गर्ने क्यान पदाधिकारी तलगायत शुकेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।

Advertisement:

Ad
Ad

लामिछानेले साेमबार बिहान सामाजिक संजालमा एक तस्बिर सार्वजनिक गर्दै सबैलाई धन्यवाद दिएका हुन् । यसकासाथै उनले क्यान पदाधिकारीहरू पारस खड्का र चतुरबहादुर चन्दको नाम जोडेर फैलाइएका भिजा सम्बन्धि प्रपोगाण्डामा विश्वास नगर्न पनि आग्रह गरेका छन् ।

यसका साथै  नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै सन्दीपलाई वेस्ट इन्डिजमा हुने विश्वकपमा बाँकी खेल खेल्न टोलीमा समावेश गरिएको जानकारी दिएको छ । विश्वकप खेल्न सन्दीप वेस्ट इन्डिज पुगिसकेको क्यानले जनाएको छ ।

टी-२० विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

यसअघि क्यानले सन्दीपलाई अमेरिकामा समेत खेलाउने तयारी गरेपनि नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ दुई पटक भिसा दिन अस्विकार गरेको थियो ।

विश्वकप अन्तर्गत अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स ६ विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको दास्रो खेल मङ्गलबार अमेरिकाको फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ ।