सामाजिक सुरक्षा कर १३२ प्रतिशतले बढ्यो, वियरबाट सबैभन्दा बढी अन्तशुल्क उठ्यो

२०८१ मंसिर १० गते

सामाजिक सुरक्षा कर १३२ प्रतिशतले बढ्यो, वियरबाट सबैभन्दा बढी अन्तशुल्क उठ्यो

काठमाडौ । विगत पाँच वर्षमा सामाजिक सुरक्षा कर १३२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६ /०७७ मा ६ अर्व ४५ करोड रहेकोमा त्यसको पाँच वर्ष पछि आव २०८०/०८१ मा आइपुग्दा ८ अर्व ५७ करोड रुपैयाँ संकलन भएको छ । यो ५ वर्षको अवधिमा सामाजिक सुरक्षा कर संकलन १३२ प्रतिशतले बढेको हो । आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिलाई सामाजिक सुरक्षा कर नलाग्ने कानूनी व्यवस्था रहेको र हाल राजगारदाता संघ / संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेक्रम बढेकोले सामाजिक सुरक्षा करको बृद्धि कम देखिएको हो । सरकारले आर्थिक वर्ष २०६६/ ०६७ देखि सामाजिक सुरक्षा कर लगाउने व्यवस्था शुरु गरेको हो । त्यतिबेलापारिश्रमिक आय आर्जन गर्ने व्यक्तिहरुबाट करयोग्य आयको १ प्रतिशत सामाजिक सुरक्षा कर लगाउन थालिएको थियो।

यस्तै सरकारले गत वर्ष १ खर्ब २ अर्ब ५९ करोड अन्तशुल्क संकलन गरेको थियो । यसमा सबै भन्दा बढी बियरबाट अन्तशुल्क उठाइएको छ । यो अन्तशुल्कमा वियरको योगदा २९.६६ प्रतिशत रहेको छ । सुर्तिजन्य पर्दाथको योगदा २५.९६ प्रतिशत, मदिराको २४.५७ प्रतिशत रहेको छ । यता विगत ५ वर्षको तथ्यांकलाई विष्लेषण गर्दा आन्तरिक राजस्व संकलनमा अन्तःशुल्कको योगदान आ.व. २०७६/०७७ मा, चुरोट बिंडी, मदिरा र वियर, अन्य औद्योगिक उत्पादनको संकलन क्रमशः १८ अर्व ५५ करोड, २० अर्व ५ करोड, १४ अर्व ८२ करोड र र ११ अर्व ४२ करोड गरी जम्मा ६४ अर्व ८४ करोड रहेको देखिन्छ । यस्तै आ.व २०७९ /०८० मा आइपुग्दा आ.व. २०७६/०७७ भन्दा ६०.३३ प्रतिशतले बृद्धि भएकोमा र आ.व २०८०/०८१ मा गत आ.वको भन्दा १ अर्व ३७ करोडले कम भइ १ खर्ब २ अर्व ५९ करोड संकलन भएको देखिन्छ । जहाँ चुरोट बिंडी, मदिरा र वियर, अन्य औद्योगिक उत्पादनको संकलनको हिस्सा क्रमशः २६ अर्व ६३ करोड, २५ अर्व २० करोड, ३० अर्व ४३ करोड र २० अर्व ३२ करोड रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ०.९७ प्रतिशतले कम हो । ।

Advertisement:

Ad
Ad