२०८१ मंसिर १३ गते
काठमाडौ । बैंकहरुले आधारदर घटाएका छन् । सञ्चारलनमा रहेका २० वटा वाणिज्य बैंकको आधारदर औषतमा ०.२० प्रतिशतले घटेको छ । बैंकहरुले मंसिर महिनाका लागि सार्वजनिक गरेका आधारदर अनुसार सबैभन्दा सस्तो ऋण अहिले स्ट्याण्डर्ड चार्टड बैंकमा पाइन्छ । किनभने यसको आधारदर सबैभन्दा कम छ ।
यसको हालको आधारदर ५.५३ प्रतिशत छ । कात्तिकको भन्दा मंसिरमा ०.२० प्रतिशतले यसको आधारदर घटेको छ । दोस्रो सस्तो ऋण राष्ट्रिय बाणिज्य बैंकमा पाइन्छ भने तेस्रो सस्तो एभरेष्ट बैंकमा पाइन्छ । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको आधारदर ६.०१ प्रतिशत छ भने एभरेष्ट बैंकको ६.४९ प्रतिशत छ । कात्तिकको तुलनामा राष्ट्रिय बाणिज्य बैंकको ०.०४ प्रतिशतले आधारलर घटेको हो भने एभरेष्टको ०.३१ प्रतिशतले घटेको छ । यता नेपाल बैंकको ६.६२ प्रतिशत आधारदर छ भने नबिल बैकको ६.७६ प्रतिशत आधारदर छ । सबैभन्दा बढी आधारदर एनआइशी एशिया बैंकको रहेको छ । एनआइशी एशियाबाट ऋण लिदा अझै पनि बढी ब्याजदर तिर्नुपर्न देखिन्छ । यसको आधारदर ८.४३ प्रतिशत छ । कात्तिकको तुलनामा ०.३५ प्रतिशतले आधारदर कम भएपनि अन्य बैंकको तुलनामा एनआइशीको आधारदर बढी देखिएको हो ।
आधारदर भनेको ऋणको ब्याज निर्धारणको आधार हो । यसमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ । यसकारण आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ । पछिल्लो समय निक्षेपको साथसाथै बैंकहरुले कर्जाको ब्याजदर समेत निरन्तर घटाइ रहेका छन् । कर्जाको ब्याजदर घट्दा पनि ऋणको माग बढ्न नसकेको बैकर्सहरुको गुनासो छ । ऋणको माग नबढेकै कारण लागत बढी लगाएर लिएको निक्षेप कम ब्याजदरमै राष्ट्र बैंकमा पार्किङ भएर बसेको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा ऋणको माग नभएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी बताउँछन् । सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी गरेर पुर्न निर्माणको काम बढाउँन सके मात्र ऋणको माग बढ्ने केसीको भनाइ छ ।
हेरौ कुन बैंकको आधारदर कति छ ?

प्रतिक्रिया