राष्ट्रपतिले आज संसद्‍मा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

२०८१ जेठ ०१ गते

राष्ट्रपतिले आज संसद्‍मा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

Advertisement:

Ad
Ad

सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २.४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न संसदीय समिति गठन नगरी संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने अडान लिएको छ ।