२०८३ असोज ०२ गते
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
प्रतिक्रिया