राजीनामा पत्र बोकेर हिँड्नु रास्वपाको पहिचान हो यसलाई अन्यथा मान्न पर्दैन -प्रधानमन्त्री

२०८१ असार ०३ गते

राजीनामा पत्र बोकेर हिँड्नु रास्वपाको पहिचान हो यसलाई अन्यथा मान्न पर्दैन -प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा पत्र बोकेर हिँड्नु रास्वपाको पहिचान भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा पत्र बोकेर हिँड्नु रास्वपाको पहिचान भएको बताएका हुन् ।

पत्रकारहरुको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारबाट नबाहिरिने दाबी गर्दै रवि लामिछानेजीले शुरूमा नै हामी त्यस्तै हौ भनेर भन्ने गरेको समेत स्मरण गराए । आफ्नो पहिचानको लागि पनि राजीनामा पत्र गोजीमा राखेर हिँडेका छौं भन्नुपर्ने उहाँहरूलाई आवश्यकता होला,’ ‘तर मैले बुझेको त्यस्तो केही पनि छैन ।’

Advertisement:

Ad
Ad

केही दिन अघि मात्रै रास्वपाका नेता एवं खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनको विषयमा समीक्षा गर्नुपर्ने विषय गठबन्धन दलबीच नै उठेको बताएका थिए ।

सरकारको काम गराईप्रति आम मानिसको तीब्र असन्तुष्टि बढेसँगैै एमाले र रास्वपाका नेताले प्रधानमन्त्रीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।