पुनः २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

२०८० पुस १८ गते

पुनः २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलताको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरी  २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ । आज बुधबार उक्त निक्षेप संकलनको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

बोलकबोलमार्फत आज दिउँसो २ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी  मिति माघ ३ गतेलाई निर्धारण गरिएको छ ।

Advertisement:

Ad
Ad

हिजो मंगलबार मात्रै केन्द्रीय बैंकले बजारबाट १० अर्ब रुपैयाँ तानेको थियो । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।ताको अवस्था आएपछि केन्द्रीय बैंकले त्यसलाई खिचेको हो ।