प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

२०८१ भदौ ०९ गते

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Advertisement:

Ad
Ad

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

भदौ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।