फिल्मको नायक भएर खेल्दै थिए भ्रष्टाचार मुद्दा लागेका मेयर थापा,खलनायक पो ठहरिए !

२०८१ जेठ ३० गते

फिल्मको नायक भएर खेल्दै थिए भ्रष्टाचार मुद्दा लागेका मेयर थापा,खलनायक पो ठहरिए !

काठमाडौँ । सर्लाहीको वागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापाले भरत ताल शीर्षकमा चलचित्र बनाएर आफैं सो फिल्ममा नायकको भूमिकामा खेल्दै थिए। चलचित्र बनाउने क्रममा उनी नायक भएपनि ताल बनाउने क्रममा अकुत रकम कुम्ल्याएका थापा यतिखेर वास्तविक जिवनमा भने खलनायक पो ठहरिएका छन् ।

भरतकुमार थापाको संघर्ष र जिवनीमा आधारित भएर बनाउन लागिएको भनिएको फिल्म मेयरको शुभमुहुर्त २०८० फागुनमा गरिएको थियो उक्त फिल्ममा खगेन्द्र लामिछाने,वर्षा राउत लगायत कलाकारहरु पनि अनुबन्धित छन् ।फिल्मको छायांकन धमाधम भइरहेको थियो । अव मूख्य भूमिकामा रहेका मेयर थापानै भ्रष्टाचार आरोपमा पक्राउ पर्ने भएसँगै फिल्म बन्ने नबन्ने अन्यौल भएको छ।

Advertisement:

Ad
Ad

वागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतका नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड अनियमितता गरेको आरोपसहित अख्तियारले थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघि थापाले ५ करोड ३३ लाख अनियमितता गरेको भन्दै अख्तियारले उनीविरुद्ध पहिलो मुद्दा दायर गरेको थियो।

यसै गरी अख्तियारले सोही भरत ताल निर्माणका क्रममा अनियमितता गर्ने नगरपालिकाका उपप्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।