पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

२०८१ मंसिर १५ गते

पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो मूल्य ?

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल तथा हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, हवाई इन्धन आन्तरिक तर्फ २ रुपैयाँ र हवाइ इन्धन अअन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर  काठमाडौका लागि १५ डलरले बढेको आयल निगमले जनाएको छ । एलपि ग्यासको मूल्य पनि भारतबाट बढेर आएको छ । तर आम उपभोक्ताको हितलाई ध्यानमा राखि ग्यासको मूल्य भने नबढाइएको निगमले भनेको छ । अब चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्जमा पेट्रोलको मूल्य १५७ रुपैयाँ ५० पैसा पुगेको छ । सुर्खेत र दांगमा प्रतिलिटर १५९ रुपैयाँ कायम गरिएको छ भने काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

Advertisement:

Ad
Ad