२०८२ जेठ १६ गते
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटप्रति अवकाशप्राप्त कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । निवृत्त कर्मचारीहरुको संगठन निवृत्त राष्ट्रसेवक समाज नेपालले सरकारले निवृत्त कर्मचारीप्रति बेवास्ता गर्दै बहालवाला कर्मचारीहरुलाई मात्र महंगी भत्ता बढाउनु जायज नभएको जनाएको छ । उक्त संघले विभेद भएको भन्दै अवकाश पाइ बसेकाहरुलाई पनि महँगी भत्ता उपलब्ध गराउन माग गरेको छ।
समाजले निवृत्त राष्ट्र सेवकहरूलाई महंगीले छुँदैन भन्ने दुरासयपूर्ण सोचमा सुधार गरी निवृत्तहरूलाई पनि महँगी भत्ता उपलब्ध गराउन वा उक्त राष्ट्रसेवकहरूको महंगी भत्तालाई तलब मानमा समायोजन गर्न माग गरेको हो।
समाजका अध्यक्ष खेमनाथ अधिकारीले आज विज्ञप्ति जारी गर्दै सरकारले जेठ १५ गते ल्याएको संघीय बजेटमा राष्ट्रसेवकहरूको तलमान वृद्धि नगरी यसपटक पनि महंगी भत्ताकै नाममा सुविधा थप गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रतिक्रिया