पर्यटकलाई कसरी रिझाउने भन्ने कलामा निपुर्ण थिए मिश्र, अचानक अस्ताए

२०८१ कात्तिक ०४ गते

पर्यटकलाई कसरी रिझाउने भन्ने कलामा निपुर्ण थिए मिश्र, अचानक अस्ताए

काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी बसन्तराज मिश्रको ७० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।सन् १९७० को दशकदेखि पर्यटन व्यवसायमा आवद्व टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष व्यवसायी मिश्रको डेंगी पछिको ब्रेन ह्याम्ब्रेजबाट निधन भएको हो ।

उनी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्ष समेत थिए। उनी पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष तथा एशोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्ष पनि बनिसकेका थिए ।अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्वसमेत गर्दै आएका मिश्र नेपालमा उच्च स्तरका गुणस्तरीय पर्यटक भित्र्याउने कम व्यवसायीमध्ये पर्दथे । अतिथीलाई कसरी सत्कार गर्ने पर्यटकलाई कसरी रिझाउने भन्ने कलामा निपुर्ण थिए मिश्र । त्यसैले उनले चितवनको जंगल भित्र वाइल्ड लाइफ एडभेनचरस रिसोर्ट खोलेर अन्य पर्यटन व्यवसायीलाई समेत उत्प्रेरित गरेका थिए ।

Advertisement:

Ad
Ad

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।